११ मंसिर,विराटनगर / विभिन्न माग राख्दै एकसाता देखि आन्दोलन गर्दै आएका ट्यांकर मजदुर काममा फर्कने भएका छन् ।
मजदुर र व्यवसायीबीच सहमति भएपछि ढुवानी नै बन्द गरेर आन्दोलनमा उत्रिएका मजदुर आइतवार देखि काममा फर्कन सहमत भएका हुन ।
ट्यांकर मजदुरहरुको आन्दोलनका कारण पेट्रोल अभाव चर्किंदा विराटनगरमा पेट्रोलको कालोबजारी सुरु भएको थियो । मजदुर र व्यवसायीबीचको सहमति भएसँगै अब पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने बताइएको छ ।
मजदुरहरुले डिपो खाली गर्दा होस् वा पार्टी जाँदा, पहुँचको आधारमा नभएर सबैलाई समान रूपले ट्यांकर सञ्चालन गर्नुपर्ने, पेट्रोलियम पदार्थको तापक्रम लिने–दिने सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएसम्म पहिले चलेको प्रक्रिया अनुसार पाइपलाइन खाली गरी चेम्बर २० लिटरका तेल झारी कम्पोजिट स्याम्पल लिइ तापक्रम मापन गर्नुपर्ने लगायतका १५ बुँदे माग राखेका थिए ।