विराटनगर/ जिल्ला प्रहरी कार्यालयमा सञ्चालित ६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण आजबाट समापन भएको छ । गत बिहीबारबाट सञ्चालित तालिम आजबाट समापन भएको हो । समापनका अवसरमा तालिममा सहभागी प्रहरीहरुलाई मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रहरी जवान र हवल्दारहरुलाई लक्षित गरेर आयोजना गरिएको तालिममा जिल्ला प्रहरी कार्यालयसहित मातहत प्रहरी कार्यालयका ३९ जना प्रहरी जवान र हवल्दारहरुको सहभागिता थियो । तालिममा सहभागीलाई अपराध अनुसन्धानको नयाँ तरिकाका साथै मुद्दा दर्ता गर्दा लेखिने कागजलगातयका विषयमा प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता योगेन्द्रसिंह थापाले जानकारी दिए ।