८ म्ंसिर,सुनसरी/ सुनसरीको दुहवी–भलुवा नगरपालिकामा मंसिर ११ देखि १८ गतेसम्म मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
एलेभन एरोज क्लव दुहवीले मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा नेपालका चर्चित क्लवहरु त्रिभुवन आर्मी, चर्च ब्वाईज काठमाडांै, मनाङ मस्र्याङ्दी, मोरङ फुटबल क्लव, झापा एघार र आयोजक एलेभन एरोज दुहवी तथा शेरे क्लव कालिम्पोङ भारत र बीआरसी क्लव भुटानले सहभागिता जनाउँदैछन् ।
आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगितामा प्रथम हुने क्लवले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ पाउने जानकारी दिएको छ । कुल ३० लाख ७५ हजार खर्च हुने प्रतियोगिताका लागि मनमोहन स्मृति प्रतिष्ठानले ८ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ । प्रतियोगिताका लागि दुहवी रंगशालामा २ हजार बढी दर्शक अटाउने बाँसको प्याराफिट बनाइएको सुनसरी फुटबल संघका अध्यक्ष दिलिप राईले जानकारी दिए ।