AArya
RUMPUM
animated ellipse animated ellipse

अण्डर नाइन्टिनको प्रारम्भिक छनोट विराटनगरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७३, बुधबार १७:००
3
Shares
८ मंसिर,विराटनगर/ श्रीलंकामा हुन लागेको एसिसि अण्डर नाइन्टिन क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा ५२ जना खेलाडी छनोट गरिएको छ ।
सोही क्रममा अण्डर नाइन्टिनका प्रशिक्षक विनोद दासले पूर्वाञ्चलका लागि विराटनगरमा पनि खेलाडीहरुको प्रारम्भिक छनोट गराएका छन् । पूर्वाञ्चलबाट १ सय ५२ जना खेलाडीको सहभागिता रहेकोेमा क्लोज क्याम्पका लागि ३ जना खेलाडी छनोटमा परेका छन् । जसमा मोरङका फिर्तोश अन्सारी, झापाबाट सन्दिप ढुङ्गाना र सप्तरीबाट मुकुन्द यादव रहेका छन् ।
अण्डर नाइन्टिनको टोलीमा यसअघि नै विराटनगरका ललित नारायण राजवंशी परिसकेका छन् । अब क्यानले मंसिरको दोश्रो सातादेखि काठमाडौंमा क्लोज क्याम्प राख्ने जनाइएको छ । क्यानले नयाँ युवा खेलाडी खोजी गर्न काठमाडौं, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा र कलैयाबाट खेलाडी छनौट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर