७ मंसिर,विराटनगर/ अदालतले दिँदै आएको सेवालाई स्थानीयस्तरसम्म पु¥याउन सहज होस् भन्ने उद्देश्यले विराटनगरमा आज अन्तरक्रिया गरिएको छ ।
जिल्ला अदालत मोरङको आयोजनामाा अदालत सम्बन्धी गतिविधिबारे स्थानीयस्तरसम्म पु¥याउन अदालत र सञ्चारकर्मीबीच अन्तरक्रिया भएको थियो । कार्यक्रममा एकदर्जन सञ्चारकर्मी तथा जिल्ला न्यायाधीश, न्यायधिवक्ता तथा अदालतका रजिष्ट्रार तथा श्रेष्तेदारहरुको सहभागि रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला अदालत मोरङका मुख्यन्यायाधीश विनोदमोहन आचार्यले अदालतको समाचार लेखेकै विषयलाई लिएर संचारकर्मीलाई कानुनको कठघरामा उभ्याउने सोच अदालतको कहिले नभएको बताए । उनले संचारकर्मीको सामिप्यता नभएसम्म अदालत अधुरो रहने भएकाले सानातिना गल्ती र त्रुटिपूर्ण समाचार आउँदैमा अदालतले अपहेलना मुद्दा लगाउँछ कि भन्ने त्रास नपाल्न सञ्चारकर्मीलाई आग्रह गरे ।
जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलले प्रहरीले पक्राउ गरेर अदालत ल्याउँदैमा कसैलाई पनि अपराधी भन्न नमिल्ने भएकाले त्यस्ता विषयमा सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर अदालतले पछिल्लो समय विभिन्न सेवामूलक गतिविधि सञ्चालन गरेको बताएका छन् ।
सञ्चारकर्मी र अदालतका विषयमा पत्रकार यज्ञ शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।