AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरी सर्‍यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७३, सोमबार २२:१९
3
Shares
विराटनगर/पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरी एक पटक सरेको छ । यो सँगै चौथो पटक मिति सरेको हो । राष्ट्रिय खेलकुद परिषदको आज बसेको बोर्ड बैठकले सातौंको मिति पुस ८ देखि १५ गतेसम्मका लागि तोकेको हो ।
छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको पाँच वर्ष बिति सक्दा पनि सातौं राष्ट्रिय खेलकुदको मिति भने सरेको सरै छ । नयाँ मिति तोकेसँगै सातौं राष्ट्रिय खेलकुदकोे मिति भने सरेको सरै छ । यसअघि २०७२ सालकोे मंसिर ११ देखि १८ सम्म हुने भनिए पनि सो मिति पनि फागुनका लागि सारेको थियो । त्यो मितिमा पनि बजेट निकासा नभएपछि परिषद्ले २०७३ सालको मंसिर ८ देखि १५ गतेका लागि सारेको थियो ।
तर पूर्वाधार र क्षेत्रीय छनोट तोकेको मितिमा सम्भव नहुने भएपछि खेलकुद मन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा बसेको बैठकले पुस ८ गतेका लागि सातांै खेलकुदको मिति तोकेको परिषदका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए । अब क्षेत्रीय छनोट प्रतियोगिता यही मंसिर २० देखि २८ गतेसम्मका लागि तोकेको छ । यसअघि क्षेत्रीय छनोट प्रतियोगिता फागुनको अन्तिम सातामा गर्ने घोषणा गरिएको थियो । तर सो समयमा हुन नसकेपछि अनिश्चित कालका लागि सरेको थियो ।

पूर्वाञ्चलका ११ जिल्लामा हुने प्रतियोगिताको उद्घाटन विराटनगरमा र समापन धरानमा गर्ने पूर्वनिर्धारित तालिका छ । प्रतियोगिताका लागि सरकारले २० करोड रुपैयाँ छुट्याएको छ । उक्त रकम अपुग भएमा पुनः सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहाल, सहसचिव चूडामणि पौडेल, बोर्ड सदस्यहरू, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर