AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार नवोदित सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७३, आईतवार १९:३६
3
Shares
विराटनगर, ५ कात्तिक । विराटनगर जेसीजले आफ्नो साताव्यापी कार्यक्रम समापनको अवसरमा विराटनगरमा दुईजना व्यक्तिलाई सम्मान गरेको छ ।
जेजीजले मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका मीनकुमार नवोदित र डा. समीर पौडेललाई सम्मान गरेको हो । कला, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै नवोदित र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै डा. पौडेललाई सम्मान गरिएको विराटनगर जेसीजकी अध्यक्ष भगवती कालिकोटेले जानकारी दिइन् ।
विराटनगर–१३ स्थित जेसीज भवनमा आयोजित कार्यक्रममा नेपाल जेजीजका पूर्वअध्यक्ष महेश दाहालले पत्रकार नवोदित र पौडेललाई फूलमाला, दोसल्ला र सम्मानपत्रले प्रदान गरेका थिए । नवोदित कारोबार दैनिकका पूर्वाञ्चल प्रमुखसमेत हुन् । नवोदितका विभिन्न विधाका चारवटा पुस्तक प्रकाशित छन् । डा. पौडेल रंगेली अस्पतालका प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर