AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङको जिल्ला अधिवेशन पुसमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७३, शनिबार २१:२३
3
Shares
४ मंसिर,विराटनगर/ नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशन आगामी पुसमा हुने भएको छ ।
जिल्ला कमिटीको आज शनिबार वसेको वैठकले आगामी पुस २३–२५ सम्म विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । वैठकले जिल्ला सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ । वैठकले जनपरिचालन र प्रतिवेदनको मस्यौदा उपसमितिको जिम्मेवारी अध्यक्ष महेश रेग्मीलाई दिएको छ ।
प्रतिनिधि व्यवस्थापन उपसमितिमा वावुराम कार्की, प्रचार प्रसारमा सत्यनारायण चौधरी, आवास व्यवस्थापनमा रामलाल साह, मञ्च व्यवस्थापनमा रुपेश खतिवडा, स्वास्थ्य उपसमितिमा पारुल क्षेत्री, अतिथि सत्कारमा चन्द्रवीर राई, खाद्य व्यवस्थापनमा महेश भट्टराई, यातायातमा धर्मानन्द सञ्जेल, स्यंवम सेवकमा विनोद वस्नेत, आर्थिक उपसमितिमा रमेश पोखरेल र सांस्कृतिमा विद्या चाम्लिङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रचार प्रसार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए ।
जिल्ला कमिटी वैठकले कार्तिक २० गते सम्मको संगठित सदस्यको नविकरण जिल्ला समितिमा वुझाउन भनेको छ । प्रक्रिया पुगेका नयाँ संगठित सदस्यको आवेदन सिफारिस गरि प्रदेश कमिटीलाई अनुमोदनका लागि वुझाउने पनि निर्णय गरेको प्रचार विभाग प्रमुख चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर