पूर्वाञ्चल खबर
४ मंसिर, विराटनगर नयाँ शक्ति पार्टी बेलबारी नगर भेला सम्पन्न भएको छ । मोरङको बेलबारीमा सम्पन्न भएको प्रथम भेलाले एकलाल श्रेष्ठको संयोजकमा ३१ सदस्य कमिटि गठन भएको छ । सो भेलाले आउँदो माघ ससान्तसम्ममा अधिवेशन गर्ने भएको छ ।
कार्यक्रममा नयाँ शक्ति पार्टी मोरङका संयोजक खेमराज प्रधान, केन्द्रीय परिषद सदस्य रामकाजी राई, प्रताब थापा, देबराज भण्डारीलगायतको सहभागिता रहेको थियो । चनचन कुलुङ राईको सभापतित्वमा कार्यक्रम भएको थियो ।