४ मंसिर काठमाडौँ /नेपालको राष्ट्रिय फूटबल टोलीले आज शनिबार काठमाडौँमा भएको च्यारिटी फूटबल खेलमा र फ्रेण्ड्स अफ जापानको टोलीलार्ई शून्यका विरूद्घ एक गोल अन्तरले पराजित गरेको छ ।
नेपालको जितमा नवयुग श्रेष्ठको निर्णायक गोल गोल गरेका थिए । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्पलेक्समा भएको खेलमा नवयुगले ५८ औं मिनेटमा गोल गरेका थिए । बिमल घर्तिमगरको क्रसमा विक्रम लामाले प्रहार गरेको बललाई जापानिज गोलकिपरले क्लियर गर्न नसक्दा नवयुगले सहजै गोल गरेका थिए ।
नेपाल–जापानबीचको कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोलीबीच मैत्रिपुर्ण खेल भएको हो ।
सन २००२ मा जापानबाट विश्वकप खेलेका मिडफिल्डर टोहा काजुयुकी सहित नेपाल आएको जापानी टोलीले थुप्रै गोलका अवसर चुकाएको थियो ।
गत बर्षको भुकम्पले क्षति र्पुयाएको खेलकुद संरचनाको निमार्णका लागि जापानी संस्था कलरबाथले आयोजना गरेको च्यारिटी खेलको रकमबाट देशका विभिन्न क्षेत्रका खेलकुद संरचनाको पुर्ननिर्माणमा खर्च गरिने छ ।