AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समाचकेवा पर्व अवसरमा शुभकामना आदानप्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७३, आईतवार १९:२४
3
Shares

विराटनगर,२८ कार्तिक/ भाइबहिनीको प्रेमको प्रतीकका रुपमा मिथिलाञ्चलमा मनाइने समाचकेवा पर्वको अवसरमा विराटनगरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

सो अवसरमा कायस्थ समाज विराटनगरले विराटनगर–१३ तीनटोलयामा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागी महिलाहरुले माटोबाट बनाइएका सामाचकेवाको प्रतिमा लिएर उपस्थित भएका थिए ।

सामाचकेवा पर्वको अवसरमा उनीहरुले एकअर्कामा शुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय समाचकेवाको संस्कृति लोप हुँदै गएको प्रति चिन्तासमेत व्यक्त गरेका थिए ।

छठको खरनाको दिन दाजुभाइको हातबाट खनेर ल्याइएको माटाबाट समाचकेवाको मूर्ति बनाएर ११ दिनसम्म विधिपूर्वक स्थानीय चोकहरुमा खेल्ने परम्परा रहेको कार्यक्रम संयोजक सुधा कर्णले जानकारी दिनुभयो । सो अवसरमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर