AArya
RUMPUM
animated ellipse animated ellipse

जुटमिल सञ्चालन गर्न पहल गर्छु – प्रधानमन्त्री प्रचण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७३, शुक्रबार १२:२२
3
Shares

अनिल श्रेष्ठ
विराटनगर, २६ कात्तिक÷ प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले मुलकै जेठो विराटनगर जुट मिल सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।

जुटमिल अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड
जुटमिल अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड

विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज शुक्रबार विहान अवलोकन भ्रमण गर्ने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उद्योग सञ्चालन लागि चुनौती रहेपनि पुरानो उद्योग संचालनका लागि छलफल गरी उद्योग पुर्ण रुपमा सञ्चालनका आउने वातावरण सृजना गर्ने बताए ।

उनले हेटौंडाको कपडा उद्योग, काठमाडौंको औषधि उद्योगलगायत अन्य सरकारी उद्योगहरुको संचालनको लागि अध्ययन भइरहेको बताए ।

उनले विराटनगर जुटमिलमा विद्युत् नभएर संचालन नभएको विषयमा उर्जा मन्त्रालय मार्फत समाधान गर्ने र जग्गाको विषयमा पनि सम्बन्धीत मन्त्रालयलाई हल गर्न निर्देशन गर्ने बताए ।

विराटनगर जुटमिलकै कारण नेपालको औद्योगिक विकास भएको र अहिले यो अवस्थामा हुनु सबैका लागि लज्जाजनक विषय भएको भन्दै प्रचण्डले नीजि करणको नाममा सरकारी उद्योगहरुलाई धरासायी बनाउने काम कस्ले ग¥यो खोजी गर्नुपर्ने बताए ।

आफूले जुटमिललाई के गर्ने भन्ने विषयमा एउटा उद्देश्य लिएरै भ्रमण गरेको जानकारी गराउँदैै प्रधानमन्त्रीले सम्पूर्ण जुट उद्योगको समस्या समाधानका विषयमा भारतीय प्रधानमन्त्रीसँग पनि छलफल भएको जानकारी दिए ।

ब्रीक्स सम्मेलनको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि जुटमिलको विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
उद्योगको विषयमा जानकारी गराउँदै विराटनगर जुटमिलका अध्यक्ष निलहरि काफ्लेले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र दिएका छन् । ज्ञापनपत्रमा उद्योग संचालनका लागि यथासक्य पहल गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर