AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी राजमार्ग मर्मत गरिदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७३, बिहीबार १९:३३
3
Shares

विराटनगर २५ कार्तिक/सडक जिर्ण भएर आवतजावतमा कठिनाई हुनथालेको कोशी राजमार्गको विराटनगर इटहरी खण्डको मर्मतकालागि काम अघि बढेको छ ।

मर्मत सम्भार गरी यातायातकालागि समस्या भएको ठाउँमा कालोपत्रे गर्न तथा आवश्यक सुधार गर्न ठेक्का प्रकृया अघि बढेको रानी इटहरी धरान सडक योजनाका डिभिजन इन्जिनियर दिपक भट्टराईले जानकारी दिए ।

रानी धरान खण्डको विराटनगर स्थित शिवमन्दिर, दुहवी, खनार र इटहरीको विभिन्न भागमा सडक बिग्रदा समस्या भएको छ । अत्याधिक धुलो उड्नाले यात्रा गर्न कठिनाई भएको गुनासो आइरहेको बेला भट्टराईले केही दिन भित्रै समस्या समाधान हुने गरी मर्मत सुधारको काम अघि बढ्ने बताए ।

वर्षातमा पानी जमेर समस्या भएपछि कतिपय ठाउँमा ग्राभेल हालेर सडक उच्चा परिएको थियो । वर्षात सकिएपछि त्यहि ठाउँमा अहिले धुलो उड्ने समस्या देखिएको हो । रानीदेखि धरानसम्मको ४९ किलोमिटर दुरी ६ लेनको सडक विस्तारको काम भइरहेकोले योजनाले धेरै खर्च गरेर मर्मत भने गर्ने छैन । तत्कालकालागि नगरि नहुने काम बाहेक अरु गर्ने योजना नरहेको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर