AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हाम्रो समानान्तर सत्ता– असारे काका

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७३, बुधबार १९:००
3
Shares

विराटनगर/ नेकपा माओवादी पार्टी(बिप्लप)का प्रभावसाली नेता इश्वरी दाहाल ‘असारे काकाले’ समानान्तर सत्ता चलाइरहको बताएका छन् । माओवादी विप्लप समुहले बुधवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काकाले प्रचण्ड नेतृत्वको सरकारलाई चुनौती दिन समानान्तर सत्ता सञ्चालन गरीरहेको बताएका हुन् ।

चर्काे महङगी र दलाली विरुद्ध २८ नेपाल बन्द गर्ने कार्यक्रमको जानकारी दिन आयोजित कार्याक्रममा बोल्दै उनले संविधानलाई आफ्नो पार्टीले मान्न तयार नभएको बताए । आफ्नो पार्टीको माग कार्यकारी प्रणाली भएको बताउदै उनले एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालहा प्रचण्ड र बाबुराम भट्टराईले संसदीय व्यावस्थामा घुटा टेकेको दावि गरे ।

सरकारले बढदो मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न नसकेको बताउदै उनले बाध्य भएर नेपाल बन्दको घोषणा गर्नु परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर