खबर पूर्वाञ्चल
विराटनगर/छठ पर्वका अवसरमा खोला, नहर पोखरी किनार वेहुली झै सिङगारिएका थिए । तर छठ पर्व सकिएपछि बेहुली झै सिङगारिएका खोलानाला किनार कुरुप बनेका छन् ।तीनसय ६४ दिन सम्म फोहोर भएका खोला नाला किनार एक दिनलाई सफा गरेपनि पूजा गर्न लगिएका सवै सामाग्रीको सही व्यावस्थापन नगर्दा सिङगारिएका खोला किनार दुर्गन्धित भएका हुन् ।छठमा प्रयोग गरिएका सामाग्री खोलामै फालिएको छ । छठमा प्रयोग गरिएका सामाग्री खोला र खोला किनारमा यत्रयत्र फ्यालिएको छ ।सजावटका सामाग्री सहित खोलाकिनारमा ब्रत बस्न पुगेका सर्वसाधरणले आवश्यक सामाग्री साथमा ल्याउने तर अन्य सामाग्री खोलामै छोडेका कारण खोला किनार कुरुप बनेको हो ।