animated ellipse animated ellipse

मोरङमा १७ स्थानीय तह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०७३, सोमबार २०:०८
3
Shares

विराटनगर/ मोरङमा १७ वटा स्थानीय तह रहनेगरी जिल्ला प्राविधिक समितिले केन्द्रमा सिफारिस गरेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगमा मोरङको प्रतिवेदन सिफारिस गरिएको हो ।

मोरङमा १० नगर ६ गाउ पालिका सहित १७ वटा स्थानीय तह बनाउने गरी प्राविधिक समितिले प्रतिवेदन केन्द्रमा पठाएको भएपनि स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले सबै जानकारी दिएका छैनन ।

विराटनगरलाई महानगरपालिका बनाउने विषयमा विवाद देखिएका कारण केन्द्रमा पठाइएको प्रतिवेदन सार्वजनिक नगरिएको हो । स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने बताए । ‘ राजनीतिक दलहरुको सिफारिस अनुसार प्राविधिक समितिले प्रतिवेदन तयार पारेको हो । रेग्मीले भने ‘ केन्द्रमा पठाएको प्रतिवेदन तत्काल सार्वजनिक नगरौ ।’

प्रतिवेदनमा मोरङमा भएका पुराना नगरपालिकालाई यथावत राख्दै थप चारवटा नगरपालिका थप गरिएको छ भने दुई वटा थारु र दुई वटा मधेश क्लास्टर छुटयाइएको छ ।

राजनीतिक दलहरु विच विराटनगरलाई महानगरपालिका बनाउने विषयमा सहमती नजुटेका कारण प्राविधिक समितिले केन्द्र पठाएको प्रतिवेदन सार्वजनिक नगरेको बताइएको छ । यसैविच आफुहरु सँग सल्लाह नगरी प्रतिवेदन पठाएको भन्दै नेपाली कांग्रेस बाहेकका दलहरुले विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर