animated ellipse animated ellipse

अमेरिकामा ४ नेपालीको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०७३, सोमबार ०८:०५
3
Shares

अमेरिका कार्तिक २२/ जर्जिया राज्यमा गतशुक्रबार भएको एक सडक दुर्घटनामा चार जना नेपालीको मृत्य भएको छ ।

जर्जियाको एटलान्टा स्थित जेर्फसन काउन्टीमा अठार पाँङग्रे एक मालबाहक ट्रकसँग ठोक्किदानिशान अल्टिमा कारमा सवार गुल्मी घर भई हाल अनामनगर बस्ने चिरन्जीवी खनाल, उनकी पत्नी श्यामा खनाल, बुहारी ऋचा खनालर प्रतिमा सुवेदीको मृत्यु भएको हो । सुवेदी, खनालका कान्छा छोराकी प्रेमिका भएको बताइएको छ । कारमा ६ जना सवार थिए ।

दुर्घटनामा खनालका छोराद्वय समीर खनाल र सुवास खनाल भने घाइते भएका छन् । दुवै कारको अघिल्लो सिटमा सवार थिए ।

रातको नौ बजे खनाल परिवार सवार कार ‘२९६’नामक राजमार्ग बाट जर्जियाकोउत्तरी दिशातर्फ गईरहेको अवस्थामा राजमार्ग‘८८’मामालबाहक ट्रकसँग ठोक्किएको थियो । जेर्फसन काउन्टीका अधिकारी ईडवार्ड जेम्सलाई उदृत गर्दै स्थानीयमिडियाका अनुसारट्रकचालकले सडकमा अकस्मात अगाडी देखिएको कारलाई बचाउन खोजे पनि दुर्घटना भएको थियो ।

ट्रक चालक सामान्य घाइते भएका छन् । घटनाको कारण बारे छानबिन थालेको काउन्टीले जनाएको छ । खनाल परिवारले भर्जिनियामा तिहार मनाएका थिए । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर