खबर पूर्वाञ्चल
यहि बीचमा रिलिजको छेकोमा रहेको अर्थात आउँदो शुक्रबाट रिलिज हुने फिल्म ‘जंगबहादुरको कोट’ निर्माण टिमले पनि आफ्नो अर्को प्रोजेक्टमा कुसुमलाई लिने ईच्छा व्यक्त गरेको छ । निर्माता योगेन्द्र खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुहरुले उनलाई नयाँ प्रोजेक्टमा अनुबन्ध गर्न चाहेको भन्दै सम्पर्कमा ल्याईदिन मिडियामाझ आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा तरकारीवालीको नामबाट भाईरल बनेकी गोरखाकी कुसुम श्रेष्ठ पछिल्लो समयकी हटकेक हुन् । नेपाल मात्र नभई विश्वव्यापी रुपमा सोसियल नेटवर्क तथा मिडियामा छाएकी तरकारीवाली उर्फ कुसुमलाई अनेक क्षेत्रका व्याक्तिहरुले आफ्नो लाईनमा ल्याउन चाहना व्यक्त गरेका मात्र छैनन् सिधा अफर नै दिएका छन् । फिल्मीखबर