animated ellipse animated ellipse

नेपाल-टिमोर विचको खेल बराबरीमा, सेमिफाइनल प्रवेशका लागि अर्को खेल कुर्नुपर्‍यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०७३, शनिबार १९:५४
3
Shares

मलेसिया /मलेसियामा जारी एएफसी सोलिडारिटी कपको आज भएको खेलमा नेपालले टिमोर लेस्टेविरूद्धको पहिलो खेलमा अनपेक्षित नतिजा बेहोर्नु परेको छ ।

मलेसियाको कोचिङस्थित सारावक नेगारी रंगशालामा भर्खरै सम्पन्न भएके खेलमा टिमोरले नेपाललाई गोलरहित बराबरीमा रोक्यो ।

समूह ‘ए’ को खेलमा टिमोरलाई नेपालले पराजित गरेको भए अर्को खेल खेल्नु अगावै नेपाल सेमिफाइनलको यात्रा तय गर्ने थियो । तर नेपालले आजको खेलमा फितलो मिडफिल्ड र तालमेलको कमी देखिए पछि टिमोरसँग गोल रहित बराबरीमा रोकियो ।

नवयुग श्रेष्ठ र विमलघर्ती मगरलाई अग्रपंक्तिमा उतारेको नेपालका लागि पहिलो हाफको खेल पुरै निरास बन्न पुगेको थियो ।

बर्षाले पनि केही समय बिथोलेको यस खेलमा दोस्रो हाफपछि नेपाल केही आक्रामक खेल खेल्दै लगतै दुइ प्रहार टिमोरको गोल पोस्टमा लाग्नु पनि दूर्भाग्यपूर्ण रहयो ।

नवयुगले ४७ मिनेटमा हानेको प्रहार टिमोरको गोल पोस्टको पहिलो वारमा लागेर फर्किएको थियो । उनलाई विमलले २५ यार्डबाट खुला प्रहार गर्न मौका जुराइदिएका थिए । ६८ मिनेटमा अन्जन बिष्टको क्रसमा अनन्तको हेडिङ पनि टिमोरको गोल पोस्टमा लागेको थियो ।

नेपालले दुई पल्ट आफ्नो फरवार्ड लाइन परिवर्तन गरेको थियो । ६४ मिनेटमा नवयुगको स्थानमा भरत खवास र ७७ मिनेटमा अन्जन बिष्टको स्थानमा कप्तान अनिल गुरुङ मैदान प्रवेश गराएको थियो ।

नेपाली प्रशिक्षक कोजीले आजको खेल निकै कठिन भएको प्रतिक्रिया दिएका छन् । नेपालले ब्रुनाइसँग अन्तिम खेल मंगलबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर