खबर पूर्वाञ्चल
तर, यतिबेला सौगातको तनाव बढेको छ । सौगातको तनाव बढ्नुको कारण मोडल सोनी केसी हुन् । मोडल सोनी केसी र सौगातविचका तस्बिरहरु अहिले फेसबुकमा भाइरल बनिरहेका छन् । सोनी आफैले सौगातसँगको तस्बिर सार्वजनिक गरिरहेकी छिन् । सोनी अहिले लण्डनमा रहेको बताउँछिन् ।
जब, नायिका श्रृष्टी श्रेष्ठ र सौगात मल्लविच प्रेमको चर्चा सुरु भयो, यसपछि सोनी केही आक्रामक बनेको वुझ्न सकिन्छ । सौगात र सोनीविच प्रेम थियो या थिएन, यो यी दुबैले खुलाएका छैनन् । तर, सोनी र सौगातविच बारम्बार भेट भने हुन्थ्यो ।
सोनीले सौगातसँग आफ्नै अपार्टमेन्टमा खिचेका तस्बिर पनि फेसबुकमा पोष्ट गरेकी छिन् । सौगातले सोनीको अपार्टमेन्ट २ पटक पुगेको मिडियासँग बताएका छन् ।
तर, श्रृष्टीसँगको प्रेम सार्वजनिक भएपछि सोनीले आफूलाई बारम्बार फोन गरेर तनाव दिन थालेको सौगातले बताएका छन् । सोनीले श्रृष्टीलाई एसिड छ्याप्ने धम्की दिन थालेपछि सौगात प्रहरीकोमा पुगेका छन् । सौगातले सोनी विरुद्ध प्रहरीमा उजुरी दिएको बताएका छन् ।
मिडियासँगको कुराकानीमा सौगातले घटनाले गम्भिर मोड लिएपछि प्रहरीकोमा पुगेको बताएका छन् । श्रृष्टीले भने आजसम्म यो बिषयमा मुख खोलेकी छैनन् ।
सौगात र श्रृष्टीविच प्रेमको खबर सार्वजनिक भएको केही महिना भयो । यही प्रेम खबरले फेरि एकपटक सौगातलाई तनाव उत्पन्न गराइदिएको छ ।अनलाइनखबर