animated ellipse animated ellipse

संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्न सरकार संविधान संशोधनको गृहकार्यमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०७३, सोमबार ०७:०३
3
Shares
फाइल तस्वीर
काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले नेपाल संवत्को उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताएका छन्।

सन्देशमा भनिएको छ,  “नेपाल संवत् नेपालको मौलिक संवत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शङ्खधर साख्वाःले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो ।’’ नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति साख्वाःले पुर्याएकाे  योगदान सबैका लागि प्रेरणादायी भएको प्रधामन्त्रीले बताएका छन्।

सन्देशमा भनिएको छ,  “आजको २१औँ शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिन्छ ।”

नयाँ संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेकाले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्ने आफूले विश्वास लिएको प्रधानमन्त्रीले बताएका छन्।

गणतन्त्र स्थापनापछि आफ्नै प्रधानमन्त्रीत्वकालमा नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा घोषणा गर्ने अवसर मिलेको स्मरण गर्दै अहिले नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा रहेको सन्देशमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर