animated ellipse animated ellipse

नमूना बाल गृहमा शुभकामना आदान प्रदान कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०७३, आईतवार १५:०४
3
Shares
खबर पूर्वाञ्चल सम्वाददाता
उर्लावारी,१४कार्तिक/ रोजगार बचत तथा ऋण सहकारी उर्लावारीले आज नमूना बाल गृहमा शुभकामना आदान प्रदान कार्यक्रम र गृहलाई खाद्यन्न सहयोग गरेको छ ।

साकोसको सातौँ वार्षिकोत्सव तथा लक्ष्मी पुजाको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको थियो । सासो अवसरमा कोसका अध्यक्ष प्रकाश भट्टराई,सचिव पूर्ण सिघंक लिम्बूले लगायतले खाद्यन्न सामग्री गृहकी सञ्चालिका मिना बराललाई हस्तान्तरण गरेका थिए ।

खाद्यन्न सामग्रीका अलवा स्टेसनरी तथा ब्याडमिन्टन समेत गरिएको रोजगार बचतका सचिव पूर्ण सिघंकले बताए ।

सो अवसरमा साकोेसका सल्लाहकार टिका श्रेष्ठ,केशव ढुंगेल,बाल गृहको तर्फबाट प्रहलाद थापा, जीवन घिमिरे लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष प्रकाश भट्टराईका अनुसार गृहलाई आफूहरूको सानो सहयोग मात्र रहेको जनाउदै अन्यले पनि सहयोग गर्ने अपेक्षा लिएको बताए ।14877853_715692275244880_190159070_n

यसैबीच रोजगार बचतले आजै उर्लावारी–४ स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरेको छ । महाकवि देवकोटाको १०७औ जन्मजयन्तीको अवसर पारेर रोजगार बचतका पदाधिकारीहरूले संयुक्त रूपमा देवकोटाको शालिकमा माल्यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर