खबर पूर्वाञ्चल
]खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर/ नेपाली कांग्रेस मोरङको नेतृत्व आफनो निर्णयमा २४ घण्टा टिक्न नसक्दा स्थानीय तह टुङगो लगाउन बसेको बैठक अनिर्णत बनेको छ । मोरङमा स्थानीय तह पूनसंरचनाको टुङगो लगाउन बसेको छलफलमा कांग्रेसका स्थानीय नेताका कारण भाडिएको हो ।
स्थानीय तह पूनसंरचनालाई अन्तिम रुप दिन बसेको प्राविधिक समिति र राजनीतिक दलको बैठक कांग्रेसका एक नेताले वितण्ड मञ्चाएका थिए ।
विराटगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउने आफनै पार्टी नेतृत्वको विरुद्ध कांग्रेसका केही स्थानीय नेता उत्रिएपछि टुङगो लगाउन बसेको छलफल निचोडमा नपुगेको हो ।
बिहिवार राजनीतिक दल सहित प्राविधिक टोलीको बैठकले महानगरपालिका सहित १७ वटा स्थानीय तह बनाउने बिषयमा सहमति जनाएका थिए । थप गृह कार्य गरेर शुक्रवार अन्तिम रुप दिन बसेको बैठक कांग्रेसका स्थानीय नेता केदार कार्कीको नेतृत्वमा गएको टोलीले भाडेको हो । टंकीशिनवारी गाविसका केही वडालाई महानगरपलिकामा गाभ्ने निर्णय भएपछि केही कार्यकर्ता सहित बैठक कक्षमा छिरेका कार्कीले धाक धम्की दिएका थिए ।
शुक्रवार अन्तिम टुङगो लगाउने सहमती सहित बिहिवारको बैठकमा विराटनगर महानगरपालिका सहित १७ वटा स्थानीय तह बनाउने विषयमा सहमती भएको थियो । शुक्रवार अन्तिम निष्कर्ष निकाल्ने सहमती सहित छुटेका राजनीतिक दलको बैठक भाडिएपछि आयोगले दिएको समय सिमा भित्र काम सक्न मुस्किल भएको छ । ‘शुक्रवार निर्णय गर्ने सहमती भएको थियो । एमाले मोरङ अध्यक्ष महेश रेग्मीले भने ‘ कांग्रेसका केही साथीहरुले शुक्रवार सहमती हुन दिनु भएन छ ।’ बैठक चलीरहेको स्थानमा कांग्रेसका केही नेताहरुले धम्की पूर्ण भाषा प्रयोग गरेको बताइएको छ ।
कांग्रेस विराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउने विपक्षमा छ । बिहिवारको छलफलमा विराटनगर आसपासका गाविसका केही वडालाई समावेश गरेर महानगरपालिका बनाउने बिषयमा कांग्रेस सहमत भएको थियो । तर शुक्रवार अन्तिम टुङगो लगाउन बसेको बैठक निर्णयमा नपुगी भाडिएको थियो । एमाले अध्यक्ष रेग्मी पून छलफल गरी सहमतीमा पुग्ने बताउछन् । स्थानीय तह पूनसंरचना गर्दा गाविसको संरचना नरहेको बताउदै उनले कुनै साविकका कुनै वडा तलमाथी हुदा आपत्ती जनाउन नुहुने बताए ।
‘हिजो महानगरपालिका बनाउन कांग्रेस सहमत थियो । उनी भन्छन् ‘ तर आज किन सहमतीबाट पछी हट्यो बुझन सकिएको छैन ।’
केही व्यक्तीले असहमती जनाएपनि छलफलकै माध्ययमबाट स्थानीय तह टुङ्गो लगाउनुको विकल्प नभएको कांग्रेस सभापति डिकबहादुर लिम्बु बताउछन् ।‘ अधिकतम सहमती खोज्ने हो । उनी भन्छन् ‘ सहमती जुटन नसके अन्तिम टुङगो प्राविधिक समितिले लगाउछ ।’
पार्टीका स्थानीय नेताले बैठक भाडेको खबर आफुलाई सुनेको बताउदै उनले सत्य बुझेर अघि बढने जानकारी दिए । ‘म बैठकमा थिइन । उनले भने ‘ मैले पनि साथीहरुले विरोध गर्नु भयो भन्ने सुने । थप बुझेर अघी बढछौ ।’ उनी सवै व्यक्तीको चित्त बुझाउन नसक्ने बताउदै थप छलफल गरेर सहमतीमा पुग्ने जानकारी दिए ।
समाचार स्रोतका अनुसार कार्की विराटनगरलाई महानगर बनाउदा टंकिशिनवारीका केही वडाहरु जोडेको भन्दै विरोधमा आएका थिए । पार्टीका नेताहरुको गरेको निर्णय मान्य नहुने बताउदै उनले धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।