animated ellipse animated ellipse

छैटौ विरेन्द्रनगर च्यालेन्ज कपको उपाधी सेभेन स्टार इटहरीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ कार्तिक २०७३, शुक्रबार १९:५३
3
Shares

करण धिताल
पथरी, कात्तिक १२ मोरङको पथरीमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले हात पारेको छ

आज भएको फाइनल खेलमा पथरी ११ लाई ३३ रनले पराजित गर्दै इटहरीले उपाधीमाथि कब्जा जमाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४१ रन बनाएको थियो । इटहरीका लागि अफजल हुसेनले ३४ फिरोज आलमले ३२ र अजय राजवंसीले २८ रनको योगदान गरेका थिए । पथरीका जय बोहोराले १८ रन खर्चेर सर्वा्धिक ५ विकेट लिए ।

जवाफमो १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएरकोे पथरी १९ ओभरमा मात्र १ सय ८ रनमा समेटियो । पथरीका लागि विनोद श्रेष्ठले २६, महेस कार्कीले २५ र सुमन लिम्बुले १८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर गर्न सकेनन् । इटहरीका फिरोज आलम र रविन सिंहले समान तीन तीन विकेट लिए ।

फाइनल खेलको म्यान अफ द फाइनल इटहरीका फिरोज आलम घोषित भए । त्यस्तै म्यान अफ द सिरिज पथरीका सुमन लिम्बु, उत्कृष्ट बलर पथरीका जय बोहोरा, उत्कृष्ट ब्याट्समेन पथरीकै फडिन्द्र दाहाल र उत्कृष्ट फिल्डर विरेन्द्रनगर क्रिकेट क्लब सेतोका चेतन खतिवडा घोषित भए ।

प्रतियोगिताको उपाधी जितेको सेभेन स्टार क्लब इटहरीले ट्रफी, मेडल र प्रमाणपत्र सँगै नगद २५ हजार तथा उपविजेता बनेको पथरी ११ ले नगद १५ हजार सँगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कात्तिक ३ गतेदेखि सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी १७ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर