animated ellipse animated ellipse

पूर्वका मह जोडि सुजन र गणेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ कार्तिक २०७३, शुक्रबार १९:२६
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
कलिउडमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायको प्रस्तुतिलाई औधी रुचाइन्छ । सँगसँगै काम गर्न थालेपछि उनीहरुले आफ्नो सहकार्यलाई ‘महजोडि’को रुपमा प्रस्तुति दिन थालेका हुन् । विगत तीन दशकदेखि दिदै उनीहरुसँग सँग–सँगै काम गर्दै आएका छन् । महजोडिको सिको गर्दै सिताराम कट्टेल ‘धुमुर्स’ र केदार घिमिरे ‘माग्नेबुढा’ लगायतका कालाकारहरुको सहकार्यलाई चर्चित मानिएपनि त्यो दीर्घकालीन हुन सकेन ।received_688655234615251

कलाकारिता क्षेत्रमा प्रवेश गर्नेको लहर चलेको छ । प्रायःएक्लै संघर्ष गरेर स्थापीत हुने सोचका साथ यो क्षेत्रमा आउनेको संख्या धेरै छ । मोरंग उर्लाबारी–९का सुजन ढकाल र पथरीशनिश्चरे–१का गणेश भट्टराई भने फरक देखिए । कलाकारिता क्षेत्रमा स्थापीत हुनका लागि ‘महजोडि’झै अघि बढ्ने कोसिशका साथ उनीहरु लागि परेका छन् । पूर्व क्षेत्रमा हुने अधिकांश स्टेज कार्यक्रमहरुमा यी युवाहरुको प्रस्तुति देख्न सकिन्छ ।

पर्दामा प्रस्तुति दिदा सुजन र गणेश प्रायःजिग्रि सोल्टि र पाँडेको भेषमा देखा पर्छन् । चर्चित हास्यटेलिसिरियल ‘मेरी बास्सै’का कालकारद्वय कुमार कट्टेल ‘जिग्री सोल्टि’ र अर्जुन घिमिरे ‘पाँडे’को अभिनय गर्दै उनीहरु पूर्वी मोरंगका दर्शकहरुलाई हसाउनका लागि स्टेज कार्यक्रमहरुमा प्रस्तुत हुने गरेका छन् । आपूmहरुलाई ‘डुब्लिकेट जिग्री–पाँडे’ भनेर दर्शकले चिन्ने गरेको उनीहरुले बताए।received_688655257948582

किशोरावस्थामा हिडिरहेका यी युवाहरु हराएको ‘क्यारेक्टर’लाई जीवन्त दिनका लागि सुजन र गणेश नेपालका ख्यातिप्राप्त व्यक्ति,कालाकार,गायक,राजनीतिज्ञहरुको स्वरलाई चुस्त दुरुस्त ‘क्यारी क्याचर’ गर्दै उनीहरु दर्शकलाई हसाउने गरेका छन् । बन्द भइसेका टेलिसिरियलका पात्रहरुको अभिनयलाई सुजन र गणेश जीवन्त दिन लागिपरेका छन् । चाहे त्यो ‘धुर्मस,मु..खा हान्नुजस्तो,माग्ने बूढा,जिग्री सोल्टि,पाँडे’ नै किन नहोस्, उनीहरुको अभिनय देख्दा टेभिमा देखिएका ‘ओरिजिनल पात्र’ झै देखिन्छन् । गणेश र सुजनले महजोडिको चर्चित हास्यव्यग्यं गीत ‘माकुरी जालैमा’मा मदनकृष्ण र हरिवंशको अभिनयलाई चुस्तदुरुस्त गर्न सक्छन् ।

गणेश र सुजनको पहिलो भेट दुई वर्ष अघि उर्लाबारी स्थित सुर्दशन बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधरणसभामा भएको थियो । सहकारीले दुवैलाई कार्यक्रममा दर्शकलाई हसाउनका लागि निमन्त्रणा गरेको थियो । दुवैले आ–आप्mनो प्रस्तुति दिइसकेपछि पहिलो पटक कुराकानी भएको थियो । दुवै जना एकअर्काको अभिनयबाट प्रभावित भएपछि सँगै काम गर्ने अठोटका साथ अघि बढ्ने निष्कर्श निकालेका थिए । उक्त कार्यक्रममा गणेशले जिगी सोल्टि र सुजनले पाँडको अभिनय गरेका थिए ।

दुई वर्षको यो यात्रामा उनीहरुले पूर्वका सबै सहरहरुमा आप्mनो स्टेज प्रस्तुति दिइसकेका छन् । यसका अलवा उनीहरुले राजधानी लगायतका देशका अन्य प्रमुख सहरहरुमा स्टेज प्रस्तुति दिईसकेका छन् ।

डुब्लिकेट जिग्री–पाँडेको अभिनय गर्दै हिडेका यीनीहरुको प्रस्तुतिलाई ‘ओरिजिन’ जिग्री–पाँडेले समेत रुचाको उनीहरुले बताए ।

नेता,कलाकार तथा विभिन्न सेलिब्रेटीहरुको लवज ठ्याक्कै मिलाउने यी कलाकारले पछिल्लो समय हास्यव्यग्य नृत्य समेत देखाउने गरेका छन् । हास्यव्यग्य नृत्य दर्शकहरुले मन पराउने उनीहरुको अनुभव छ ।

पूर्वका विभिन्न टेलिसिरयिलहरुमा उनीहरले सँगै काम गरिसकेका छन् । सुजन ‘इजारे,रकी’ जस्ता हास्य पात्रको रुपमा पूर्वका विभिन्न हास्य टेलिसिरियलमा देखा परेका छन् । गणेश रेडियो प्रत्येक शुक्रबार रेडियो सिम्रिकबाट प्रसारण हुने डबल डुब्लिकेट नामक टेलिसिरियलबाट प्रस्तुति दिने गरेका छन् । दुवैलाई मनपर्ने कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ हुन् । धुमुर्सको अभिनयबाट आफुहरु प्रभावित भएको उनीहरले बताए ।

१७ वर्षिय गणेशले विद्यार्थी जीवनबाट हास्य अभिनय गर्न थालेका छन् । विद्यालयमा पढ्दा उनी नेताहरुको अभिनय गर्दै साथीहरुलाई हासाउँथे । उनले गरेको पहिलो अभिनय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हो । देउवाको बोली नबुझिने भएकाले दर्शकलाई चित्त बुझ्ने गणेशको अनुभवको छ । स्टेज कार्यक्रमहरुमा गणेश र सुजनलाई कहिलेकाँही छट्टाछुट्टै अभिनय गर्न पनि लगाइन्छ । सिंगल हुदा गणेश स्व.नायक श्रीकृष्ण श्रेष्ठको अभिनय गर्छन् । नायक श्रेष्ठको अभिनयलाई जीवन्त राख्नका लागि आपूmले अभिनय गरेको उनले सुनाए । सुजन प्रायः नेताहरुको अभिनय गर्न रुचाउँछन् । १८ वर्षिय सुजनले गरेको पहिलो अभिनय ‘धुर्मस’ को हो ।

यतीबेला सुजन र गणेश गायक श्रीकृष्ण लुईटेल ‘बोके दाह्री’को एक कमेडी गीतको अभिनयमा जुटेका छन् ।

आशा गरौँ,यी उदाउँदा कलाकारको जोडी महजोडी झै चर्चित बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर