खबर पूर्वाञ्चल
अनिल श्रेष्ठ
विराटनगर, १० कार्तिक/ प्रेश सेन्टर नेपालको हालै सम्पन्न केन्द्रीय महाधिवेशन तथा १ नम्बर प्रदेशबाट निर्वाचित हुने पदाधिकारीलाई सम्मान गरिएको छ । प्रेस सेन्टर मोरङले आज विराटनगरमा दिपावली तथा छठको शुभकामना आदान प्रदान तथा बधाई कार्यक्रम आयोजना गरि निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव विवेक गौतम, सदस्यमा नबराज कट्टेल, अप्सरा निरौला, प्रदेश नम्बर एकको उपाध्यक्ष विनोद घिमिरे र सदस्य विनु तिम्सिनालाई कदर पत्रले नेकपा माओवादीको सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले सम्मान गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य गणेश लम्साल, नेकपा माओवादी केन्द्र मोरङको इन्चार्ज कुशल लिम्बू , नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष महेन्द्र विष्ट, नेपाल प्रेस युनियनका केन्दीय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस चौतारी नेपालको केन्द्रीय लेखा संयोजक बिक्रम लुइटेल, क्रियाशिल महिला समूह केन्द्रीय सदस्य ललिता भट्टराईलगायले शुभकामना दिएका थिए ।