खबर पूर्वाञ्चल
दिपक फुयल
विराटनगर कार्तिक ८/ जागरुक महिला सशक्त्तिकरण समूहले बाल बिवाह अन्त्यका लागि सचेतना मूलक कार्यक्रम गरेको छ ।
बखरी निमाबि र गुद्री शितल धर्मशालामा भएको सचेतना मूलक प्रशिक्षणमा असी जनाको सहभागिता रहेको थियो । विनोद प्रसाद गुप्ता र पुनम साहले सहभागिलाई प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणका सहभागिहरुले बाल बिवाह अन्त्यका लागि आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्घता ब्यक्त गरेका थिए ।
एक्सन एड नेपालको सहयोगमा संचालित प्रशिक्षण कार्यक्रम जागरुक महिला सशक्त्तिकरण समूहकी अध्यक्ष निर्मला जैसवालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एक्सन एडकी पुजा लामिछाने प्रमुख अतिथि रहेकी थिइन् । प्रशिक्षण कार्यक्रमको संचालन सुनिता साहले गरेकी थिइन् ।