खबर पूर्वाञ्चल
यसैगरी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ प्यानलकै मणि कुँवर निर्वाचित भएका छन् । कुँवरले ३४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी शेर्पा प्यानलका दिपक खातीको पक्षमा २५ मत परेको छ ।
स्वतन्त्र रुपमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उपेन्द्रमान सिंहले ८ मत पाएका छन् ।
नवनिर्वाचित श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा निर्वाचित कुँवर एन्फाका पूर्वअध्यक्ष गणेश थापा पक्षधर मानिन्छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा हार जित स्वाभाविक भएको भन्दै सबैलाई मिलाएर अघि बढ्ने बताए । शेर्पाले भने साधारणसभामा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । अनलाइनखबर