animated ellipse animated ellipse

सरला बचतका साधारणसभा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७३, आईतवार १९:०४
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, ६ कार्तिक / विराटनगरमा रहेको सरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६ करोड ९४ लाख ६ हजार ९सय १३ रुपैयको कारोबार गरेको छ ।

विराटनगरमा आज भएको आठौ साधारणसभामा सहकारीले जानकारी गराएको हो । ६ सय २८ जना सेयर सदस्य रहेको सहकारीले ३० लाख ३५ हजार ७ सय २६ रुपैया आम्दानी गरेको छ । त्यस्तै १ करोड ९३ लाख ५५ हजार ४ सय ७० रुपैया ऋण प्रबाह गरेको सहकारीले जनाएको छ ।

सोही अवसरमा उत्कृष्ट बचतकर्ता र शेयर सदस्यका छोरा,छोरीले एस.एल.सी. र उच्चशिक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सरल बचत तथा ऋण सहकारीका रामप्रसाद घिमिरे,जेष्ठ नागरिक हातेमालो समाजका लोकनाथ पोख्रेल, मानगढ खानेपानी आयोजनाका रामबहादुर घिमिरे, प्याप्सन मोरगंका सदस्य इन्द्रकुमार राई लगायत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर