animated ellipse animated ellipse

चौथो केरौन जहदा गोल्डकप सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ कार्तिक २०७३, शनिबार १८:२३
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
पथरी, ६ कार्तिक/मोरङको केरौन जहदामा शनिबारदेखिे ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप २०७३’ सुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा आयोजक नव प्रगतिशील समाजसेवा क्लबले विजय सुरुवात गरेको छ । आयोजकले वसाहा फुटबल क्लब उदयपुरलाई ३– १ गोल अन्तरले पराजित गरी अन्तिम चारमा प्रवेश गरेकोे हो ।

खेलको पहिलो हाफको १० औं मिनेटमा आयोजकका राजेश गुरुङले गोलको खाता खोलेका थिए । पहिलो हाफ १– ० ले अगाडि रहेको आयोजकले दोस्रो हाफको १२ औं मिनटमा आयोजकका गणेश खड्काले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आयोजकको अग्रतालाई दोब्बर बनाए । त्यसको तेस्रो मिनटमों बसाहाका साउलिन लिम्बूले गोल फर्काएका थिए लगतै दोस्रो मिनटमा आयोजकका गणेश खड्काले पुन अर्काे गोल गर्दै आयोजक जित सुनिश्चित गरेका थिए । उनी म्यान अफ दी म्याच घाषित भए ।

आइतबारको खेल न्यूस्टार फुटबल क्लब सुनसरी र पूर्व क्षेत्रीय तालिम केन्द्र सुनसरी बीच हुनेछ । प्रतियोगितामा चर्च ब्जाइज काठ्माडौँ, न्यू स्टार फुटबल क्लब सुनसरी, रानी पुलिस क्लब विराटनगर, हिम कस्तुरी युवा क्लब सिरहा, पाथीभरा ए.पी.एफ क्बल झापा, धनकुटा फुटबल क्बल धनकुटा, बसाह फुटबल क्लब उदयपुर र आयोजक नव प्रगतिशिल समाज सेवा क्लबले सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ११जहार १सय ११ रुपैयाँ र उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्ने छ । प्रत्येक खेलकोे म्यान अफ द म्याचले नगद ३ हजार,े फाइनल खेलकोे म्यान अफ द म्याचले नगद १५ हजार तथा म्यान अफ द सिरिज र बढी गोल कर्तालाई पनि समान नगद १५ हजार पुरस्कृत गरिने खेल संयोजक चरण गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर