खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
कात्तिक ६ गते मोरङको बयरवन–८ अवस्थित जन एकता ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
जनसेवा उच्च माविको प्राङ्गणमा भएको सभाको कार्यक्रममा संस्थाको अध्यक्ष दामोदर सिग्देलले आर्थिक वर्ष २०७२÷०७३ को कार्यप्रगति र २०७३÷०७४ को प्रस्तावित बार्षिक कार्ययोजना प्रस्तुत गर्दै संस्थाले यस वर्ष ९६ लाख ६८ हजार ४ सय ४४ रुपैया नाफा गरेको जनाए ।
अघिल्लो वर्षको तुलनामा ६८.२५ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी संस्थाको कोषाअध्यक्ष इच्छा कोइरालाले सभामा ०७२÷०७३ को यथार्थ र ०७३÷०७४को प्रस्तावित आय–व्याय प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक बर्ष ०७२÷०७३ को यर्थाथ आम्दानी १ करोड,९७ लाख,९० हजार ७ सय ९ रुपैया र खर्च तर्फ १ करोड १ लाख २२ हजार २ सय ६८ रुपैया भएको प्रस्तुत गरेका थिए । त्यसैगरी ०७३÷०७४ को प्रस्तावित आम्दानी २ करोड ८७ लाख ९२ हजार ७ सय ८५ रुयैया र खर्च तर्फ १ करोड ४८ लाख ५१ हजार ४ सय ९० रुपैया प्रस्तुत गरेका थिए ।
यस्तै संस्थाको कार्य क्षेत्र भित्र कृषि ऋण बापत कृषि व्यवसायीक हरुले १४ प्रतिशत व्याजदरमा ५ लाख सम्म ऋण लगानी गर्ने जनाएको छ । शैक्षिक ऋण ५लाख, सवारी साधन खरिद ऋण ५ लाख देखि १० लाख सम्म,व्यावसायीक ऋण ९ लाख सम्म, घर निमार्ण ऋण १० लाख सम्म र वैदेशिक रोजगार तथा घरायसी ऋण ७५ हजार देखि २ लाख सम्म संस्थाले ऋण लगानी गर्ने प्रतिवेदनमा जनाएको छ ।
साधारणसभामा प्रमुख अतिथि नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष डिवि बस्नेत, जनमुखी साकोसका अध्यक्ष विजयगोपाल गडतौला, ग्रामिण सुधार सामुदायीक वन मुल समितिका अध्यक्ष नविन राई,सुशिल बुढाथोकी लगाएत एक दर्जन संस्थाको प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष त्रिभूनाथ फुयलले, कार्यक्रम संचालन संस्थाका सचिव भोला अधिकारीले गरेका थिए भने सभापती संस्थाको अध्यक्ष दामोदार सिग्देलले गरेका थिए । संस्थामा बयरवन, केरौन, दर्वेशा, वाहुनी गरी २८ सय २७ जना सेयर सदस्य रहेका छन् ।