animated ellipse animated ellipse

विराटनगरमा हुने जेष्ठ नागरिक महोत्सवको तयारी पुरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ कार्तिक २०७३, बिहीबार १८:५१
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगरमा हुन लागेको जेष्ठ नागरिक महोत्सव २०७३ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

आयोजक मनमोहन स्मृति प्रतिष्ठानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर विराटनगरको जैन भवनमा कार्तिक ६ र ७ गते गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुुमार नेपाल तथा विभिन्न राजनीतिक दलका नेता पूर्वमन्त्रीहरुको समेत सहभागिता रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा १ नम्वर प्रदेशका करिव ३ हजार जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रतिष्ठानका अध्यक्ष भरमोहन अधिकारीले बताए ।

महोत्वसमा जेष्ठ नागरिकहरुको मनोरञ्जनका लागी ख्यातीप्राप्त कलाकारद्वारा साँस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत गरिने जनाइएको छ । विराटनगरमा शनिबार र आइतबार आयोजना हुने जेष्ठ नागरिक महोत्सवको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको छ ।

जेष्ठ नागरिक भत्ता लिने ७० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकहरु महोत्सवमा सहभागी हुने हुनेछ । विराटनगरको जैन भवनमा आयोजना हुने महोत्सवमा एकसयवर्ष माथिका २१ जना जेष्ठ नागरिकलाई विशेष सम्मान गर्ने तयारी गरिएको छ । यसैगरी महोत्सवमा सहभागी हुने जेष्ठ नागरिकको विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण समेत गरिने छ ।

 दशवटा रोग र समस्यासँग सम्बन्धित स्वास्थ्य परीक्षण गर्न विशेषज्ञ चिकित्सक संलग्न हुने बताइएको छ ।
शनिबार राष्ट्रपतिले जेष्ठ नागरिकसँगै भोजन गर्ने कार्यक्रम राखिएको छ । यसैगरी हास्य कलाकारबाट जेष्ठ नागरिकसँग मनोरञ्जनको कार्यक्रम समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर