animated ellipse animated ellipse

विराटनगरका अंकित दाहालको विभत्स हत्या , आरोपमा पाँच पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार १९:२१
3
Shares

खबर पूर्वाञ्चल सम्बाददाता
विराटनगर/ विराटनगर–५ का १९ बर्षिय अंकित दाहालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाच जनालाई पक्राउ गरेको छ ।

दाहालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक युवती सहित चार युवालाई पक्राउ गरेको हो । पक्राउ गरेका पाच जनालाई बुधवार बेलुका पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सोमवार विराटनगर–६ जामुनगाछी स्थीत धानबारीमा १९ बर्षिय दाहालको शव भेटिएको थियो । घाँटी र पेटमा धारिलो हतियारले रेटेर दुवै हात खुट्टा डोरीले बाँधेर धानबारीमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो ।

बुधवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न भएको आरोपमा मंगलवार नै एक युवती सहित पाच जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्ने मध्ये चार जना २० बर्ष भन्दा कम उमेरका छन् ।

हत्या गरेको अभियोगमा पक्राउ पर्नेमा विराटनगर–६ बस्ने टाइली भनिने अन्दाजी १८ बर्षिय फुलकुमारी उराँव, विराटनगर– ६ कै २० बर्षिय डाईलर भन्ने युवराज परियार, टिम्मा भन्ने सुकदेव उराँव, २२ बर्षिय सुरज उराँव र १७ बर्षिय हन्टर भन्ने सार्जन खरेल छन् ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालतमा उपस्थिती गराई पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाएको प्रहरी उपरिक्षक सन्दिप भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार पक्राउ परेका पा“चै जना लागु औषध प्रयोगकर्ता हुन । लागु औषध प्रयोग कै बिषयमा बिवाद भएका कारण अंकितको हत्या भएको प्रहरीको दावि छ ।

प्रारम्भिक अनुसन्धानबाट अंकितले लागु औषध प्रयोग गर्न नदिएको झोकमा सवैले मिलेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरिक्षक भण्डारीका अनुसार असोज २८ गते लागु औषध प्रयोग गर्न घरबाट हिडेका अंकित संम्पर्क बिहिन भएका थिए । संम्पर्क विहिन भएपछि खोजी गर्दा चारदिनपछि निस्वस्त्र अवस्थामा विभत्स लास भेटिएको थियो ।

हात ख्टटा बाधेर निस्बस्त्र अवस्थामा फ्यालीएको शवमा किरा पर्न थालको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सामान्य विवाद भएपछि पाँच जनाले सल्लाहमा धारीलो हतियार छुरी प्रयोग हत्या गरेको र अभियोग लुकाउन धानबारीमा फ्यालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको लुगा र जुता घटना स्थलबाट दक्षिण पट्टी धानबारीमा फ्यालीएको थियो भने मृतलको प्रयोग गर्ने मोवाईल अभियुक्तहरुको साथबाट फेला परेको थियो । अंकितले प्रयोग गर्ने सिम फ्यालेर अभियुक्तले मोवाईल बोकेका थिए । प्रहरीले प्रविधिको प्रयोग गरी तत्काल अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको भण्डारीको दावि छ ।

पछिल्लो डेढ महिनामा विराटनगरमा दुई वटा विभत्स हत्या भएको छ । यसअघि गत भदौ २० गते राति विराटनगर–१३ मा होस्टल सञ्चाल गर्दै आएका सुनसरी औरावनीका विनोद यादवको विभत्स हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर