animated ellipse animated ellipse

सविधान संसोधन नभए सम्म आदिवासीको अधिकार सुरक्षित नहुने – आङकाजी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार १९:०४
3
Shares
तस्वीर- प्रेम देवान

खबर पूर्वाञ्चल सम्बाददाता
विराटनगर कार्तिक ३ आदिवासी जनजाती महांसंघका पुर्व महासचिव आङकाजी शेर्पाले अहिलेको सविधान संसोधन नभइकन आदिवासी जनजातीहरुको अधिकार सुरक्षित नहुने बताए ।

आज विराटनगरमा नेपाल आदिवासी जनजाती महांसघ मोरङ जिल्ला र नगर समन्वय परिषद् विराटनगरले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता शेर्पाले आदिवासी जनजातीहरुको मात्र नभई मधेशी, मुस्लीम,थारु लगायत अन्य जातिहरुको पनि अधिकार सुरक्षित हुन संविधान संसोधन हुन आबश्यक भएको बताएका हुन् ।

उहाँले संविधान संसोधन गर्दै अधिकार प्राप्त गर्न आदीवासी जनजाति तथा सिमान्तकृत, पछाडी पारिएको समुदायले आन्दोलन गर्न जरुरी रहेको बताए । उहाँले यी सबैले छैट पर्व पछि मोर्चा बन्दी गरेर आन्दोलनमा जाने समेत नेता शेर्पाले चेतावनी दिए ।

अहिलेको सविधान विभिन्न मस्यौदा माथी छलफल नै नगरी जारी भएको आरोप लगाउदै नेता शेर्पाले सविधानमा आदिवासी जनजाती, मधेशी मात्र नभई ३ ठुला दलका केही नेताले विमत्ती जनाएको बताउदै चाडै संसोधन गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर