RUMPUM
animated ellipse animated ellipse

केभिएममा फुड फेस्टिवल तथा म्याराथुन दौड सम्पन्न, फ्रेण्डसिप क्याम्प हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७४, बुधबार २०:२९
3
Shares
विराटनगर,२३ फागुन / कोशी विद्या मन्दिर स्कूलले फुड फेस्टिवल तथा म्याराथुन दौड सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डशीप क्याम्पको पूर्व सन्ध्या पारेर बुधबार स्कूलले फुड फेस्टिवल आयोजना गरेको हो ।

फुड फेस्टिवलमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु भहभागि रहेका थिए ।उनीहरुले १२ स्टलमा खानेकुरा बनाएर सहभागिहरुलाई खुवाएका थिए । त्यस्तै सास्कृत कार्यक्रममा कक्षा २ देखि कक्षा ९ सम्मका विद्याथीहरुले विभिन्न किसिमको नृत्य तथा गित गाएर उपस्थीत विद्यार्थी, शिक्षक , अथिति तथा अविभावकलाई मनोरञ्जन दिएका थिए ।

बुधबारै विहानै आयोजित १.४ किमी म्याराथुन दौडमा छात्रतर्फ कक्षा ९का रिजन पोखरेल प्रथम भएका छन् भने कक्षा ९ का छविनव वर्मा दोस्रो तथा कक्षा ७ का यूवराज सिंह तेस्रो भएका थिए । त्यस्तै छात्रातर्फ कक्षा ७ की प्रियंका कर्ण पहिलो, कक्षा ७ की रिचा निधी दोस्रो तथा कक्षा ८ की एलिसा यादव तेस्रो भएकी थिइन् । कार्यक्रमको उदघाटन स्कूलका प्रिन्सिपल धीजनबाब’ काफ्लेलेगरेका थिए ।

केभिएममा फ्रेण्डसिप क्याम्प


विराटनगरको कोशी विद्या मन्दिरमा स्काउटको फ्रेन्डसिप क्याम्प २०७४ आयोजना गरिने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी तीन दिन सम्म स्काउट फ्रेन्डसिप क्याम्प आयोजना गर्न लागेको जानकारी दिइएको हो ।

क्याम्पसमा मोरङ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका दुई सय जना विद्यार्थीहरुको सहभागिता रहने स्कुलका प्रिन्सिपल तथा इकाई अध्यक्ष धिजनबाबु काफ्लेले जानकारी दिए । उनका अनुसार क्याम्पसमा सहभागि कक्षा ६ देखि १० सम्मका विद्यार्थीले विभिन्न साहसिक खेलमा सहभागिता जनाउनेछन् । एकता र शान्ति नाराका साथ सुरु भएको क्याम्पमा विद्यार्थीलाई विभिन्न खेलका साथ साथै आत्मरक्षाकोकला पनि सिक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर