AArya
RUMPUM
animated ellipse animated ellipse

एन्जेनीतालाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७३, सोमबार १८:३६
3
Shares

विराटनगर, २९ कार्तिक / मिस लिटल कोशी २०१६ को फस्ट रनरअफ तथा वेस्ट पर्फमेन्सको टाइटल जितेकी एन्जेनीता श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ ।

विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिङ स्कूलले आज एक कार्यक्रम आयोजना गरी एन्जेनीतालाई सम्मान गरिएको हो । कक्षा ६ मा अध्ययनरत ११ वर्षीया श्रेष्ठलाई स्कूलले फुलको माला अविर र फुलको माला लगाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत सापकोटा, स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठ तथा शिक्षक कर्मचारीले सम्मान गरेका थिए ।

श्रेष्ठ तेक्वान्दोको आफनो समूहको जिल्लाको गोल्ड मेडलिस्ट तथा चेसको उत्कृष्ट खेलाडी समेत रहेकी छिन्् । नृत्य तथा अध्ययनमा रुची राख्ने श्रेष्ठ भविष्यमा चिकित्सक र कुशल मोडल बन्ने उनको योजना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर