AArya
RUMPUM
animated ellipse animated ellipse

सिंचाइ योजना अनुगमन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ जेष्ठ २०७४, आईतवार २२:०४
3
Shares
उर्लाबारी, ७ जेठ /उर्लाबारी नगरपालिकाको साबिक ८ हाल (२ मा रहेको सुनझोडा सिरान पैनी सिंचाइ योजना निर्माण को आज अनुगमन गरिएको छ ।
उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाईं , ईन्जिनियर रोसन उदास , सुरबिर मगर , अनुगमन समितिका भिष्मकुमारी भट्टराई , योगेन्द्र डाँगी ,पत्रकार घनश्याम भण्डारीलगाएतको टोलिले अनुगमन गरेको हो ।
योजनाको लागि नगरपालिकाले ७ लाख ९७ हजार र उपभोक्ताहरुको जनसहभागिताको २ लाख रुपैया गरि नौ लाख ९७ हजारको लागतमा योजना सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष ईश्वरीप्रसाद कोईरालाले जानकारी दिए ।
बिगत देखिनै कुलो निर्माण गरि पानी उपयोग गर्ने गरिए पनि वर्खा लाग्ना साथ धेरै दुख भोग्नु पर्ने गरेकोमा अब सो दुखबाट मुक्त हुने आश गरिएको समेत कोईरालाले जनाए । सुनझोडा खोलामा १ सय १५ मिटर लम्बाईको १४ ईन्च मोटाईको पाईप बिछ्याइएको र दुबै तर्फ क्यासपिट निर्माण गरिएको छ । योजना सम्पन्न भए पछि साबिक उर्लाबारी (७,८र ९ का किसान लाभान्वित हुने छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर