AArya
RUMPUM
animated ellipse animated ellipse

जेसिज ट्यालेन्ट हन्ट हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ जेष्ठ २०७४, आईतवार १५:११
3
Shares
विराटनगर, ७ जेठ / ‘जेसिज ट्यालेन्ट हन्ट’ २०१७ हुने भएको छ । बहुप्रतिभाको खोजी गर्ने उद्देश्यले विराटनगर जेसिजको आयोजनामा जेसिज ट्यालेन्ट हन्ट हुने भएको हो ।
जेसिजले विराटनगरमा आज पत्रकार सम्मेलन गरि ट्यालेन्ट हन्टको पहिलो अडिसन जेठ १५ गते विराटनगरमा हुने जेसिज विराटनगरका अध्यक्ष श्याम सुन्दर (मिलन) पौडेलले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँ र विराटनगरमा रहेको शिक्षादीप उच्च माविमा पूर्ण छात्रवृत्ती पाउनेछन् । फस्ट रनरअफ र सेकेण्ड रनरअफले क्रमशकः १५ हजार तथा ७५ प्रशित र १० हजार तथा ५० प्रतिशत शिक्षादीप उच्च माविमा छात्रवृत्ती पाउने अध्यक्ष पौडेलले जानकारी दिए ।
प्रतियोगिता एस.इ.इ. देखि स्नातक अध्ययन गर्ने विद्यार्थीले भाग लिन पाउँनेछन् । स्कूल तथा कलेज लेभलमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देय अनुरुप भएको प्रतियोगितामा विद्यार्थीहरुले गीत, कविता, नृत्य, अभिनय, बक्तित्वकलालगायतको विभिन्न विद्यामा आफने प्रतिभा प्रस्तुत गर्न पाउँनेछन् । प्रतियोगितामा सहभागि जनाउनकोे लागि अहिले आवेदन फारम खुल्ला गरिएको पौडेलको भनाई छ ।
विराटनगरको ट्राफिक चोक, महेन्द्र चोक, पुष्पलाल चोकलगायतको आठ ठाउँ तथा इटहरी र उर्लाबारीबाट पनि फारम पाइने बताइएको छ ।
पहिलो अडिसनबाट एक सय जना छनौट गरि दोस्रो चरणमा लगिने आयोजकले जनाएको छ । फाइनलमा १२ जनलाई छनौट गर्ने अध्यक्ष पौडेलले बताए । फाइनलमा पुगेका प्रतियोगिहरुलाई दुई हप्तासम्म विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका अनुभवी व्यक्तिलाई ल्याएर प्रशिक्षण दिएर फाइनलमा उतार्ने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजक समितिले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर