पूर्वाञ्चल खबर
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, २८ कार्तिक / विप्लव माओवादीको केन्द्रीय तहका नेतासहित एक दर्जन बढी कार्यकतालाई प्रहीले पक्राउ गरेको छ ।
बजार बन्द र सडक अबरोध गर्ने क्रममा विराटनगरको भटीचोकबाट आज ९ः३० बजे प्रहरीले पक्राउ गरेको हो ।
नेकपा माओवादी बिप्लव समूहका सदस्य तथा देश भक्त मोर्चाका अध्यक्ष पुरुषोतम अधिकारीसहित १३ जनलाई प्रक्राउ गरेको छ । पक्राउ परेका कार्यकताहरुलाई वडा प्रहरी कार्यलय विराटनगरमा राखिएको बताइएको छ ।