AArya
RUMPUM
animated ellipse animated ellipse

बसपार्कका लागि सिमांकन शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७४, मंगलवार १९:१६
3
Shares
फाइल तस्वीर
धरान, २ जेठ / करिब १७ वर्ष देखि विवादमा रहेको धरानको बसपार्क निर्माणका लागि धरान उपमहानगरपालिकाले सिमांकन गर्न थालेको छ । धरान ८ स्थित तिनकुने सुन्दरबस्ती विकाश आयोजनाको नाममा रहेको जग्गाहरुमा सिमांकनको काम शुरु गरेको हो ।

बसपार्क निर्माणका लागि धरान उपमहानगरपालिकाले सिमांकन र क्षेत्र निर्धारणको काम शुरु गरेको हो । स्थानीय सहित जग्गाधनीहरुको उपस्थितीमा बसपार्क क्षेत्रको प्रवेशद्वार र निकाश हुने बाटोका लागि मंगलबार देखि सिमांकन गर्न थालिएको छ । आयोजनाका संयोजक खगेन्द्र प्रसाद खतिवडाका अनुसार मुख्य सडक देखि निलिमा मार्ग हुदै ३० फिटको बाटो बन्ने भएको छ । त्यसै गरि निकाशका लागि भृकुटी मार्गमा ४० फिटको बाटोका लागि सिमांकन गरिएको छ ।

पहिलो चरणका लागि धरान उपमहानगरपालिकाले बजेट विनियोजन समेत गरिसकेको छ । बाटोहरु निर्माणका लागि पछि अयाोजना संग सोधभर्ना हुने गरि नगरपालिकाको लगानीमा बन्छ, उनले भने, स्थानीय स्तरमा सहमती गरे पछि सिमांकन शुरु गरिएको हो । उमनपाले जग्गा सिमांकन गरे पछि नगर विकाश कोषले ड्रईङ डिजाईन गर्नेछ ।

बसपार्क निर्माणका लागि १७ वर्ष अघि १ सय ७ जना स्थानीयले तत्कालिन धरान नगरपालिकालाई १८ विघा जग्गा निशुल्क दिएका थिए । धरानको बसपार्क सहित धरान ८ तीनकुनेमा सुन्दर बस्ती विकास आयोजना सम्पन्न गर्न ०६२ वैशाख २० गतेको मन्त्रिपरिषद्ले स्वीकृति समेत दिएको थियो । धरान ८ स्थीत नीलिमा मार्गदेखि उत्तर, भृकुटी मार्गदेखि दक्षिण, अकाश मार्गदेखि पूर्व र शक्ति मार्गदेखि पश्चिम चार किल्लाभित्र नगरपालिकाले सुविधा सम्पन्न बस्ती विकास आयोजनाको अवधारणा अघि सारेर नक्सांकन समेत गरेको थियो । अहिले सम्म जग्गा उपभोग गर्न पाईएको छैन् यसको निकाशका लागि पनि आयोजना अघि बढ्नु पर्ने जग्गाधनी लाखबहादुर राईको भनाई छ ।
बसपार्क निर्माणमा सहयोग पुर्याउन धरानका ८ का धनबहादुर राईको संयोजकत्वमा बसपार्क निर्माण सहयोग समिती गठन भएको छ । स्थानीय तहमा हुने समस्या समाधान गर्न समितीले भुमिका खेल्ने राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर