विराटनगर, २५ बैशाख / विश्व रेडक्रस दिवसका अवसरमा आज मोरङको थलाहा रहेको सूर्यदल गणद्धारा रक्तदान कार्यक्रमको आयोजन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखा अन्तर्गतको क्षेत्रीय रक्तसंचारको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको थियो । सूर्यदल गणका गणपति ईन्दिवर विष्टलगायत सकल दर्जाहरुले रक्तदान गरेका थिए ।
रक्तदान जिवन दान भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । क्षेत्रीय रक्तसंचार केन्द्र विराटनगरमा रगतको अभाव भएकाले रगतदान गरिएको आयोजकले जनाएको छ । सूर्यदल गणले यसभन्दा अघि पनि विभिन्न सामाजिक कार्य गर्दे आएको जानकारी दिइएको थियो ।