RUMPUM
animated ellipse animated ellipse

कार्कीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०७४, आईतवार २०:२७
3
Shares
विराटनगर, २४ बैशाख । मोरङका अग्रज पत्रकार शिवबहादुर कार्कीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । लामो समय देखि विराटनगरमा रहेर पत्रकारिताको विकासमा क्रियाशिल कार्कीलाई राष्ट्रि पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयले आइतवार पत्रकारिता दिवसको अवसरमा यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकारलाई सम्मान गरेको हो । राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा छन् ।
पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको छ । बरिष्ठ पत्रकार सम्मान पाउने अन्य पत्रकारमा दाङका नारायणप्रसाद शर्मा, काठमाडौंकी कृष्णा ताम्राकार र तनहुँका विश्वबन्धु भण्डारी छन् ।
त्यस्तै यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार पनि चार जनाले पाएका छन् । यसअघि एक वा दुईजनाले पाउने गरेको पुरस्कार यसपपटक चारजनालाई दिइएको हो ।
दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यो पुरस्कार वितरण  गरिएको हो । नेपाल सरकारले गतबर्ष देखि गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर