उर्लाबारी, १७ बैशाख / मोरङको उर्लाबारी नगरपलिका–९ हाल राजघाट ५ मा आज विहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार चालक मोरङ राजघाट ४ बस्ने सागर रुचाल र पछाडी सवार सुर्यबहादुर वि.क. रहेका छन् । उनीहरुलाई इटहराबाट उर्लाबारीतर्फ आउँदै गरेको को १ ख ३५९३ नम्बरको बसको बिपरित दिसातर्फ जाँदै गरेको मे ३ प ३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाईतेहरुको उपचारको क्रममा उर्लाबारीस्थित अरनीको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस र चालकलाई प्रहरी चौकी राजघाटको नियन्त्रणमा राखिएको छ ।