AArya
RUMPUM
animated ellipse animated ellipse

तीन दिनअघि बेपत्ता दुई वर्षे बालकको टाउको काटेर हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७४, शनिबार १७:२०
3
Shares
लहान, १६ वैशाख /सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा आज बिहान शव फेला परेको छ ।
बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी भरोसी यादवको दुईवर्षे छोरा रञ्जनकुमार यादवको टाउको काटेर घर नजिकैको बारीमा गाडिएको अवस्थामा शव फेला परेको इप्रका कार्यालय मिर्चैयाको प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिए ।
बेपता बालकको खोजी गर्ने क्रममा घर नजिकैको बारीमा शव गाडिएको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइहेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर