RUMPUM
animated ellipse animated ellipse

तास खेलिरहेको अवस्थामा मोरङको उर्लाबारीमा नगदसहित ८ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०८३, बिहीबार १०:३६
216
Shares
विराटनगर / तास खेलिरहेको अवस्थामा मोरङको उर्लाबारी नगरपालिका–४ स्थित भानुमार्गमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ कात्तिक २५ गते राति करिब १०ः३५ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली नगद २२ हजार २०० रुपैयाँ र तास दुई बुक बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ निवासी ३२ वर्षीय शिव निधि, ४९ वर्षीय युवराज थापा, ३५ वर्षीय डम्बरबहादुर अधिकारी, ३१ वर्षीय कमल खड्का, ५० वर्षीय गोपाल भुजेल, ४९ वर्षीय दुर्गाबहादुर भुजेल, ४२ वर्षीय मोहन खड्का र ५० वर्षीय सुरेश कार्की रहेका छन्।

पक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर