RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेस्ट स्कुलले जित्यो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा ६ पदक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ कार्तिक २०८३, मंगलवार १८:५८
3
Shares
विराटनगर / नेपालगञ्जमा सम्पन्न ‘नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा कोशी प्रदेशको प्रतिनिधित्व गरेको एभरेस्ट सेकेण्डरी स्कुल विराटनगरका विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन ।

प्रतियोगितामा विद्यालयका दुई विद्यार्थीले विभिन्न विधामा ६ पदक जित्न सफल भएका हुन ।

नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगञ्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत पुरव तिम्सिना र आरध्य पाण्डेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा पुरव तिम्सिनाले १०० मिटर र ५० मिटर ब्रेस्टस्ट्रोक दुवै विधामा दोस्रो स्थान हासिल गर्दै दुई रजत पदक जितेका छन । त्यसैगरी, आरध्या पाण्डेले १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टाइलमा तेस्रो स्थान हासिल गर्दै चार कास्य पदक जितेकी छन ।

प्रतियोगितामा नेपालका सातवटै प्रदेशका साथै भारतको नयाँदिल्ली र लखनऊलगायत स्थानबाट करिब १५० जना खेलाडी सहभागी भएका थिए।

विद्यार्थीहरूको मेहनत, अनुशासन र दृढ संकल्पले विद्यालय परिवारलाई गौरवान्वित बनाएको एभरेस्ट सेकेण्डरी स्कुलका प्रिन्सिपल टिकाराम पुरीले बताए । उनीहरूको सफलताले विद्यालयको खेलकुद क्षेत्रको पहिचान थप उँचो बनाउनुका साथै अन्य विद्यार्थीलाई पनि पौडी खेलमा अघि बढ्न प्रेरणा मिल्ने प्रिन्सिपल पुरीले विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर