RUMPUM
animated ellipse animated ellipse

रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ कार्तिक २०८३, मंगलवार १६:४६
63
Shares
विराटनगर / आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न लिगको १२ औँ खेलमा अन्तिम ओभरसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगरले जित निकालेको हो।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा ६ रन आवश्यक रहेको अवस्थामा आन्द्रे रसेलले दुई विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित सुनिश्चित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

१७५ रनको लक्ष्य पछ्याएको जनकपुरको सुरुवात भने निराशाजनक रह्यो। पाँच ओभर नबित्दै ३० रन जोड्दा उसले तीन महत्त्वपूर्ण विकेट गुमाएको थियो। त्रितराज दास ६ रन, मोइन अली १० रन र अनिल साह शून्य रनमा आउट भए ।

त्यसपछि सइफ हसन र विशाल सुशलिङले चौथो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै जनकपुरलाई खेलमा फर्काए । सइफले ४८ बलमा ५ छक्का र २ चौकासहित ७१ रन बनाए भने विशालले ३० बलमा ३ छक्का र २ चौकाको मद्दतले ४३ रन जोडे ।

अन्तिमतिर जेम्स निसमले १५ बलमा ३ छक्कासहित २७ रन बनाएपछि जनकपुर जितको नजिक पुगेको थियो । तर, १९ औँ ओभरको अन्तिम बलमा रुपेश सिंहले निसमलाई आउट गरेपछि खेलको समीकरण फेरियो ।

अन्तिम ओभरमा जनकपुरलाई जितका लागि ६ रन आवश्यक थियो। बलिङमा आएका रसेलले कप्तान हरमित सिंहलाई पहिलो बलमा आउट गरे। त्यसपछि अन्तिम बलमा सेट ब्याटर सइफ हसनलाई पनि पभेलियन फर्काउँदै उनले विराटनगरको जित पक्का गरे ।

विराटनगरका लागि रसेलले ४ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। एन्जेलो म्याथ्युजले ३ ओभरमा २५ रन दिएर २ विकेट तथा रुपेश सिंहले २ ओभरमा २१ रन खर्चेर १ विकेट लिए। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चिए पनि विकेट लिन सकेनन्।

ब्याटिङमा अर्धशतक र बलिङमा निर्णायक चार विकेट लिएका रसेल विराटनगरको जितका नायक बने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर