RUMPUM
animated ellipse animated ellipse

पर्यटक भिसामा आएर अनुमति नलिई क्रिश्चियन धर्मकालागि स्वास्थ्य सिबिर संचालन गर्ने १० जना विदेशी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ कार्तिक २०८३, बिहीबार ०७:५६
3
Shares
विराटनगर / पर्यटक भिसामा नेपाल आएर अनुमति नलिई क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिषामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण १० जना विदेशी नागरिक पक्राउ परेका छन् ।

कानेपोखरी गाउँपालिका–७ बरगाछीमा सञ्चालित शिविरमा संलग्न ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहितको टोलीले आवश्यक अनुमति नलिई शिविर सञ्चालन गरेको थियो । उनीहरूका कागजात जफत गरी थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मन्त्रालयले जनाएको छ ।

गत कार्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए ।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यस अघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा संचालन गर्दै आएका थिए । मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको बिबाद सूरु भएपशुचा स्थानियलाइ खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिबिरको आयोजना गरेका थिए । हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ ।

उक्त स्थानमा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको बताइएको छ । धार्मिक गतिविधिका कारण उत्पन्न विवाद मत्थर पार्ने उद्देश्यले व्यवसायी श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको बताइएको छ ।

अध्यागमन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिक अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए । उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको जनाइएको छ ।

पर्यटक भिसामा आएर अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै धर्म प्रचारमा संलग्न भएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर