RUMPUM
animated ellipse animated ellipse

फुटसलमा पत्रकार महासंघ मोरङ विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०८३, मंगलवार १७:२२
108
Shares
विराटनगर / मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगर जेसीजलाई पराजित गर्दै उपाधि जितेको छ।

विराटनगर जेसीजको सप्ताहअन्तर्गत आज आयोजित प्रतियोगितामा महासंघले विराटनगर जेसीजलाई ७–६ गोलले पराजित गरेको हो। जितसँगै महासंघको टोलीले ट्रफी र मेडल प्राप्त गरेको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै पत्रकार महासंघले जित सुनिश्चित गरेको हो। विजेता खेलाडीलाई नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाललगायतले पुरस्कार वितरण गरेका थिए। विराटनगर जेसीजका अध्यक्ष दाहालले सप्ताहअन्तर्गत अन्य विभिन्न गतिविधिसमेत आयोजना गरिने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर