पूर्वाञ्चल खबर
विराटनगरस्थित जेएनएल फुटसलमा भएको फाइनल खेलमा एलएलएफसी फुटसल टिमलाई ३(० गोल अन्तरले पराजित गर्दै आयोजक टिमले उपाधि चुमेको हो ।
उपाधिसँगै आयोजक टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रप्राप्त गर्दा उपविजेता एलएलएफसीले नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
आयोजक टिमले सेमिफाइनलमा विराट मेडिकल कलेज चिकित्सक टिमलाई हराएर फाइनलमा पुगेको थियो । त्यस्तै, एलएलएफसी फुटसल टिमले सेमिफाइनलमा बिपी कोईराला हस्पिटल कन्सलटेन्ट टिमलाई हराएर फाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगितामा विधागततर्फ आयोजक गोर्खा लेजेण्ड वारियर फुटसल क्लबले बर्चस्व कायम राख्न सफल भयो । आयोजक टिमका सनम राई फाइनल खेलको म्यान अफ दि फाइनल घोषित भए । आयोजक टिमका खेलाडीहरु सन्दिप कँँडेल सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक क्षितिज शाक्य, उत्कृष्ट प्रशिक्षक राज अधिकारी र उत्कृष्ट खेलाडी अन्कित बस्नेत घोषित भए ।
विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि एवम् आयोजक गोर्खा लेजेण्ड वारियर फुटसल क्लबका अध्यक्ष धिरेन सम्सेर कुवँर, सुजन बस्नेत, सुवाशिस कोईराला, सरोज भण्डारी, जिवन बस्नेत, सुमन गिरी, सौरभ कोईराला र सुष्मा खड्काले पुरस्कार वितरण गरे ।
चिकित्सक र स्वास्थ्य व्यवसायीहरूबीच आपसी भाइचारा, सद्भाव र मनोरञ्जन अभिवृद्धि गर्ने उदेश्यसहित फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष धिरेन सम्सेर कुवँरले बताए ।
प्रतियोगितामा मोरङ र सुनसरीका स्वास्थ्य ब्यवसायी र चिकित्सकका कुल १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता नकआउट फर्म्याटका आधारमा सञ्चालन गरिएको थियो ।